नियम ६५
अदालतको वेबसाइटमा प्रकाशन गर्ने
: (१) अदालतको वेबसाइटमा साप्ताहिक तथा दैनिक पेशी सूची, मुद्दाको कारबाहीको स्थिति, अदालतको फैसला, सामान्य निवेदनहरुको ढाँचा (टेम्प्लेट) र अदालतले आवश्यक देखेका अन्य सामग्री प्रकाशन गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम अदालतको फैसला वेबसाइटमा प्रकाशन गर्दा फैसला गर्ने सबै सदस्यको दस्तखत भइसकेपछि प्रकाशन गर्नु पर्नेछ।